गरिब पहिचान सुरु

कान्तिपुर संवाददाता

गण्डकी — गरिब घरपरिवार तथा परिचयपत्र वितरणअन्तर्गत दोस्रो चरणको कार्यक्रम स्याङ्जाको वालिङबाट सुरु भएको छ । गरिबीको रेखामुनि रहेकालाई पहिचान गरी लक्षित समूहलाई विशेष कार्यक्रम ल्याउने उद्देश्यसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कार्यक्रम थालेको हो ।

गरिब पहिचान सुरु

दोस्रो चरणअन्तर्गत शुक्रबारदेखि ताप्लेजुङ, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा, स्याङ्जालगायत १२ जिल्लामा गरिब पहिचान थालिएको छ । पहिचान भएका परिवारलाई परिचपत्र वितरण गरिनेछ । पहिलो चरणको कार्यक्रमअन्तर्गत २६ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताइन् ।


घरदैलोमा पुगेर गरिबीको पहिचान गरिने उनको भनाइ छ । तथ्यांक संकलनपछि जनताको जीवनस्तर माथि उठाउन गरिब लक्षित कार्यक्रम पनि ल्याइने उनले बताइन् ।

प्रकाशित : श्रावण १८, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?