[अपडेट] झडपमा घाइते नख्खु जेलका कैदीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नख्खु जेलमा झडप हुँदा घाइते एक कैदीको मृत्यु भएको छ । कैदी पवनकुमार महतोको प्रहारबाट सख्त घाइते भएका पूर्णबहादुर राजीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नख्खु जेलका जेलर बेदप्रकाश अर्यालले अस्पताललाई उद्धृत गर्दै कैदीको मृत्यु भएको पुस्टि गरे ।

प्रतिकात्मक तस्बिर ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका पूर्णबहादुर राजी र पवनकुमार महतोबीच शुक्रबार कुटाकुट भएको थियो ।राजी मानसिक रोगी थिए ।
......
नख्खु जेल भित्र कैद भुक्तान गरिरहेका दुई कैदीबीच झगडा हुँदा एकजना सख्त घाइते भएका छन् । नख्खु जेलका जेलर बेदप्रकाश अर्यालका अनुसार नयाँ ब्लकमा घाम तापिरहेका पवन कुमार महतो र पूर्णबहादुर राजीबीच झगडा भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका र मानसिक रोगी समेत रहेका पूर्णबहादुर राजीलाई कर्तव्य ज्यान मुद्दामै कैद भुक्तान गरिरहेका पवन कुमार महतोले टाउकोमा प्रहार गरेका थिए।

जेलर अर्यालका अनुसार एक अर्काको जुम्रा हेरिरहेका उनीहरुबीच एक्कासी झगडा भएको थियो। विवादबीच पवनले भुइँमा ओछ्याएको ब्लक निकालेर पूर्णको टाउकोमा प्रहार गरेका थिए। घाइते पूर्णलाई तत्कालै सुरक्षाकर्मीले उपचारका लागि वीर अस्पताल पुर्‍याएको जेलर अर्यालले बताए। उनको अवस्था चिन्ताजनक रहेपनि पछिल्लो अवस्थाबारे अस्पतालबाट आधिकारिक जानकारी नआइसकेको उनले बताए।

प्रकाशित : श्रावण १७, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्ध छ : मन्त्री बाँस्कोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न संघलाई आग्रह गरे ।

मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न समूहबाट विरोध हुने गरेकाले पहिले नै लिखित सुझाव दिन संघलाई आग्रह गर्दै चलचित्र विधेयकमा सरोकार भएका निकायको सुझाव आएपछि संसद्बाट पारित गराउने प्रक्रियालाई अघि बढाइने बताए ।

संघका संस्थापक एवं वर्तमान अध्यक्ष रवीन्द्र खड्काले चलचित्र नीति २०७१ लागू गर्न माग गरे । विसं २०५५ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयबाट संघका लागि छुट्याइएको धापासीको दुई रोपनी जग्गा अझै उपभोग गर्न नपाएको बताउँदै उनले कानूनबमोजिम त्यो जग्गा उपलब्ध गराउन माग गरे ।
सो अवसरमा अध्यक्ष खड्काले त्यो जग्गा दिन नसकिने भए अन्यत्र शोध भर्ना गर्नुपर्ने मागसहितको ज्ञापनपत्र मन्त्री बाँस्कोटलाई बुझाए ।

तीन दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई पनि ज्ञापनपत्र बुझाई तिरो तिरिरहेको धापासीको जग्गा भोगचलन गर्न पाउनुपर्ने माग गरिएको संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

संघले यसअघि नै विधेयकको कलाकार परिभाषामा कलात्मक, सिर्जनात्मक, बौद्धिक, सीपमूलक र श्रम गर्नेलाई बुझाउने भन्ने शब्दावली मात्र प्रयोग गरेकामा अभिनयमूलक शब्द पनि थप गरिनुपर्ने माग गरेको थियो । संघको नयाँ नेतृत्व डेढ महीना अघि निर्वाचित भएको थियो । स्वागत कार्यक्रममा संघका नवचिर्वाचित पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।

प्रकाशित : श्रावण १७, २०७६ १४:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्