कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

त्यस अवसरमा उनीहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।


नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न र चार महीनापछि सुरु हुने नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका निम्ति मोरक्कोका नागरिकलाई अभिप्रेरित गर्न मन्त्री ज्ञवालीले आग्रह गरे ।

उनले बहुपक्षवादलाई प्रवद्र्धन गर्दै नेपाल र मोरक्कोबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीच साझेदारी एवं सहकार्य भइरहेको बताए ।

प्रकाशित : श्रावण १७, २०७६ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?