कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खसी बजारमा अनुगमन : ९ मध्ये ६ पसललाई जरिवाना

राजु चाैधरी

काठमाडौँ — मासुको मूल्य अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीस्थित खसी बजार अनुगमन गरेको छ । बिहीबार बिहान ९ वटा होलसेल खसी पसलमा गरेको अगुनगमनका क्रममा ६ वटा पसललाई ५ हजारका दरले जरिवाना गराएको छ ।  

खसी बजारमा अनुगमन : ९ मध्ये ६ पसललाई जरिवाना

विभागका निरीक्षण अधिकृत दिपक पोखरेलको टोलीले अनुगमन गरेको हो । टोलीले खरीद बिक्री बिल जारी नगरेको, हचुवाका भरमा बिक्री गरिरहेकाे पाएकाे छ ।

व्यापारीहरुले बिल जारी नगरी जिउँदो खसीको ५६० देखि ६८० सम्ममा बिक्री गरिरहेको पाइएको छ । कलंकीस्थित खसी बजारमा ४३ वटा व्यवसायी छन् । यहाँबाट उपत्यकाको मागको ४० प्रतिशत मासु आपूर्ति हुँदै आएकाे छ ।



प्रकाशित : श्रावण १६, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?