३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

६ वटा सरकारी वेबसाइट ह्याक

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी डोमेनमा दर्ता ६ वटा वेबसाइट ह्याक भएको छ । आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिएको छ । दिउँसो सवा २ बजे पोष्ट गरिएको जानकारी अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको खुलाइएको छ ।

६ वटा सरकारी वेबसाइट ह्याक

सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट ह्याक भएको हो । यी वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिंक खुल्छ ।


यी वेबसाइट अहिले खुल्दैनन् । ह्याकरले यसको स्वरुप मात्रै बिगारेका हुन् वा यसको तथ्यांकहरु पनि चोरी गरेका छन् भन्ने बारे खुलेको छैन् । साइबर सुरक्षा सम्बन्धी काम गर्ने नेपाली कम्पनी थ्रेट निक्सको अध्ययन अनुसार सन् २०१७ मा मात्रै एकसय ६० वटा सरकारी वेबसाइट ह्याक भएको थियो ।


एसक्यूएल ईन्जेक्सन, सेयर गरिएको होस्टिङ, पुरानो फ्रेमवर्क, अपडेट नभएका प्लगिङ र समयसमयमा सुरक्षा सम्बन्धी समीक्षा नहुँदा सरकारी वेबसाइट ह्याक हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : श्रावण १२, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?