२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हत्याका आरोपी १२ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको इमाडोलमा डेरा गरी बस्ने तारा भनिने सुनिता लामाको हत्याका आरोपी राजेश लामालाई १२ वर्षपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

हत्याका आरोपी १२ वर्षपछि पक्राउ

लामाको २०६४ साल पुस २७ गते हत्या भएको थियो । लामाको हत्या पश्चात सोनु भनिने राजेश फरार रहेका थिए । उनले सानेपा वरपरको स्थानमा रहेर र‌ंग लगाउने काम गर्ने गरेका थिए । उनलाई काम गर्ने स्थानबाट नै पक्राउ गरिएको हो ।

प्रकाशित : श्रावण १२, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?