खोटाङमा चन्द समूहको चन्दा आतंक

कान्तिपुर संवाददाता

खोटाङ — चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् ।

जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको छ । त्यसको श्रेस्ता नदेखिने गरी मिलाएर दिइएको एक प्रमुख प्रशासकीय अधिकृतले बताए । ‘हाम्रो सरकारको चाला यस्तै छ,’ नेकपा सम्बद्ध एक पालिका अध्यक्षले भने, ‘मिलाएर नदिए खैरियत छैन ।’

खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह छन् ।

त्यस्तै विद्यालयहरुमा पनि चन्दा उर्दी गरेको प्रअहरुले बताएका छन् । गत जेठ–असारदेखि नै चन्दा मागेको एक प्रअले बताए । उनका अनुसार हरेक चौमासिक बराबर एक दिनको तलव माग गरेका हुन् ।

केही विद्यालयहरुले असारमा चन्दा उपलब्ध गराइसकेका छन् भने केहीले अर्को चौमासिकमा दिने बचन दिएको एक प्रअले बताए । जिल्लामा चार सय ९० वटा विद्यालय छन् । खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले भने चन्दा आतङ्कबारे कुनै सूचना नआएको बताए ।

प्रकाशित : श्रावण १०, २०७६ १३:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी 

नारायण शर्मा

(नवलपरासी) — पूर्वी नवलपरासीमा एउटा सरकारी नम्बर प्लेटको गाडीमा आगजनी गरेको छ । जिल्ला अदालतका श्रेष्तेदार तारादत्त बडु चढ्दै आएको बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो । 

कावासोतीको एक घरमा भाडामा बस्दै आएका बडु चढ्ने गाडी पार्किङमा राखिएको अवस्थामै आगजनी गरिएको हो। आगजनीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।

जिल्ला प्रहरीले आगजनी गर्ने समूहको खोजी भइरहेको दाबी गरेको छ। केही समयअघि नेकपा चन्द समूहले सरकारी गाडी चल्न नदिन सार्वजनिक उर्दी गरेका कारण त्यही समूहले आगजनी गरेको आशंका प्रहरीले गरेको छ।

३ साताअघि कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया चढ्दै गरेको गाडीमा पनि आगजनीभएको थियो ।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा तारादत्त बडु हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएकाे छ।

प्रकाशित : श्रावण १०, २०७६ १३:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×