२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी 

नारायण शर्मा

(नवलपरासी) — पूर्वी नवलपरासीमा एउटा सरकारी नम्बर प्लेटको गाडीमा आगजनी गरेको छ । जिल्ला अदालतका श्रेष्तेदार तारादत्त बडु चढ्दै आएको बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो । 

अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी 

कावासोतीको एक घरमा भाडामा बस्दै आएका बडु चढ्ने गाडी पार्किङमा राखिएको अवस्थामै आगजनी गरिएको हो । आगजनीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ ।


जिल्ला प्रहरीले आगजनी गर्ने समूहको खोजी भइरहेको दाबी गरेको छ । केही समयअघि नेकपा चन्द समूहले सरकारी गाडी चल्न नदिन सार्वजनिक उर्दी गरेका कारण त्यही समूहले आगजनी गरेको आशंका प्रहरीले गरेको छ ।

३ साताअघि कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया चढ्दै गरेको गाडीमा पनि आगजनी भएको थियो ।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा तारादत्त बडु हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएकाे छ ।


प्रकाशित : श्रावण १०, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?