कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मी पहिरोपीडितलाई ७ लाख सहयोग

काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी संघले गुल्मीका पहिरोपीडितलाई ७ लाख रुपैयाँ राहत उपल्बध गरेको छ । संघले सत्यवती गाँउपालिका–४ लिम्घाको भीरकुना र डाङसिंगास्थित कसिङथलामा गएको पहिरोपीडितलाई राहत दिन सहयोग गरेको हो । भीरकुना र कसिङथलामा गएको पहिरोले १३ जनाको मृत्यु भएको थियो ।  

गुल्मी पहिरोपीडितलाई ७ लाख सहयोग

संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वको टोलीले त्यस क्षेत्रका सांसदसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई रकम बिहीबार हस्तान्तरण गरेका थिए । ज्ञवालीले सहयोग रकम गुल्मीकै राहतकोषमा जम्मा गरिएको बताए ।


अध्यक्ष गुरुङले वैदेशिक रोजगार व्यवसाय मन्दी र संकट रहेको अवस्थामा पनि सहयोग गरिएको बताए ।

प्रकाशित : श्रावण ९, २०७६ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?