१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रको शाखा जनकपुरमा, स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

सन्तोष सिंह

(जनकपुर) — उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रको जनकपुर शाखाको बिहिबार उद्घाटन गरेका छन् । माघ २७ गतेदेखी जनकपुर अञ्चल अस्पताल परिसरमा बहिरंग विभागमार्फत हृदयकेन्द्रको जनकपुर शाखाले सेवा सुरु गरेको थियो ।

सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रको शाखा जनकपुरमा, स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

मन्त्री यादवले मुटुरोगको समस्या प्रदेश २ मा बढिरहेकाले सेवा केन्द्र स्थापनाले बिरामीहरुलाई सहयोग पुग्ने बताए । उनले सेवा केन्द्रलाई थप सुविधासम्पन्न बनाउन प्रदेश सरकारलाई लगानी गर्न आग्रह गरे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हृदयकेन्द्रको स्थापनाले प्रदेशमा रहेको मुटुरोगीहरुको उपचारमा सहयोग पुग्ने भएकाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।


‘हृदयकेन्द्रको लागि प्रदेशको क्षमता अनुसार आवश्यक रकमको व्यवस्था गर्नेछु,’ मुख्यमन्त्री राउतले भने । सहिदगंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले जनकपुर शाखालाई भरपर्दो र सेवामा दुरुस्त राख्न प्रदेश सरकारको निगरानी आवश्यक रहेको बताए ।


प्रकाशित : श्रावण ९, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?