१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गोरखाकाे खाेर्लाबेंसीको ओडारमा लुकाइराखेको अवस्थामा अवैध सुन बरामद

हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार खोर्लाबेंसीको ओडार नजिक ढुंगाले च्यापेर राखेको अवस्थामा १६ किलो सुन बिहीबार बिहान बरामद भएको हो । प्रहरी स्रोतले १६ किलो सुन बरामद भएको बताए पनि आधिकारिक रुपमा सुनको परिमाणबारे केही पनि जानकारी दिएको छैन ।

गोरखाकाे खाेर्लाबेंसीको ओडारमा लुकाइराखेको अवस्थामा अवैध सुन बरामद

२७ दिनदेखि सम्पर्कविहीन बनेका यारुवगरका धनकमल गुरुङले उक्त स्थानमा सुन लुकाएर राखेको आशंका गरिएको छ । गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । ‘धनकमल पनि सँगै आएर सुन भएको स्थल देखाए,’ एक स्थानीयले भने, ‘अनि प्रहरीलाई पनि सजिलो भयो ।’

तिब्बतबाट सुन ल्याएको लुटेराले सुइँको पाएपछि धनकमल सुन लुकाएर सम्पर्कविहीन बनेका थिए । सुनसहित धनकमललाई प्रहरीले अहिले सदरमुकाम ल्याउँदै छ । धनकमल समातिएको एसपी ओम अधिकारीले पुष्टि गरे ।

‘सुनको बारेमा अहिलै केही भन्न सक्दिनँ । मान्छे आउँदै छन्, अनुसन्धानपछि मात्र यसबारे पुष्टि गर्छौं,’ अधिकारीले भने ।


प्रकाशित : श्रावण ९, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?