कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाग्मतीमा पानीको बहाब बढ्यो, उच्च सतर्कता अप्नाउन प्रशासनको निर्देशन

शिव पुरी

रौतहट — मंगलबार राति देखि परेको लगातारको वर्षाका कारण बाग्मती र लालबकैया नदीमा बुधबार अपरान्हबाट पानीको बहाव बढेको छ । यसले वरपरका बस्तीलाई समस्यामा पार्नसक्ने जनाइएको छ । असारको अन्तिम सातामा आएको बाढी र डुबानको पिडा कम हुँदै गएको बेला फेरी बाढीको त्रास बढेको छ ।

बाग्मतीमा पानीको बहाब बढ्यो, उच्च सतर्कता अप्नाउन प्रशासनको निर्देशन

चुरे क्षेत्रमा भारी वर्षा भएकाले दुवै नदीमा बाढी आएको हो । असारको बाढीले बाग्मती नदीमा २ ठाउँमा तटबन्ध भत्काएको थियो । राजदेवीको ब्रम्हपुरी र गढिमाइ ३ लक्ष्मीपुर नजिक तटबन्ध भत्काएको हो । त्यस स्थानमा बोराको तटबन्ध लगाउने काम भईरहेको बेला बर्षाले पुन समस्या ल्याउन सक्ने राजदेवी नगरपालीकाका उपमेयर अन्सु सिंहले बताइन् ।


‘बाढी रोकीएपछि कटान सुरु भएको थियो । त्यही रोक्ने प्रयासमा थियौं,’उनले भनिन् ,‘फेरी पानी पर्न थालेको छ । बाढी आयो भने ठुलो समस्या हुन्छ ।’ जिल्ला प्रशासनले वर्षा र बाग्मतिको अवस्था हेरेर नदी वरपरका बस्तिमा उच्च सतर्कता अप्नाउन भनेको छ । अहिले सुरक्षा अधिकारीहरु छलफलमा जुटेका छन् ।


गत असार २७ गते आएको बाढीले लाल बकैया नदीले ७ स्थानमा तटबन्ध भत्काएको थियो । बुनियाद, लक्षिमपुर , परोहा, राजपुर, कटहरिया, देवाही र बन्जरहा नजिक तटबन्ध बगाएको थियो । बाढीले बगाएको तटबन्ध मर्मत नभएकोले स्थानीय त्रसित छन् ।


प्रमुख जिल्ला अधिकारी किरण थापाले दुवै नदिमा पानीको सतह बढेकोले वरपरका स्थानियलाई सतर्क रहन भनेको बताए ।


‘हामिले सबै स्थानियतहलाई बाढी र डुबानबाट मानविय लगायतको क्षति कम गराउने तिर सतर्क रहन भनेका छौं,’ उनले भने, ‘माथिल्लो निकायमा पनि जानकारी गराईसकेका छौं र तयारी हालतमा बसेका छौं ।’


बाग्मतीको पानी गढीमाई नगरपालीकाको लक्ष्मिपुर क्षेत्रबाट गाउँ पसेको भनेर प्रजिअ थापालाई स्थानियले जानकारी गराएका छन् । कर्मैया बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका बाग्मती नदी तटिय क्षेत्रका स्थानियलाई बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको प्रजि थापाले सुनाए ।


प्रकाशित : श्रावण ८, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?