कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिरासतबाट युवक फरार भएपछि २ प्रहरी निलम्बित

लक्ष्मी साह

बारा — बाराको सिमरौनगढ इलाका प्रहरी कार्यालयको हिरासतबाट एक थुनुवा फरार भएका छन् । चोरी आरोपमा पक्राउ परेका भारतको मोतिहारी जिल्ला लिपनी-४ का स्थायी बासिन्दा १९ वर्षीय फिरोज मियाँ साउन ३ गते पक्राउ परेका थिए ।

हिरासतबाट युवक फरार भएपछि २ प्रहरी निलम्बित

बाराका डिएसपी रञ्जित राठौरका अनुसार मेसमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएको पुष्टि गरेका छन् ।


प्रदेश २ का सभामुख सरोज यादवका अनुसार साउन ३ गते सिमरौनगढको हाट बजारमा गएको बेला मियाँले उनको पकेट मारेका थिए । सभामुख यादवको पकेट मारेर भाग्दै गरेको अवस्थामा उनलाई स्थानीय युवाले समातेका हुन् ।


'म भीडभाडमा स्थानीयहरुसँग गफ गरिरहेको बेला मेरो पकेट मारेको एउटा अर्को युवकले देखेको रहेछ,' सभामुखले भने, 'उसले समातेर ल्याएपछि पो मेरो पकेट मारिएको थाह भयो । उसले ५० हजार झिकेर भागेको रहेछ ।' सभामुख यादवले आफू हाट बजारमा घुम्न जाँदा त्यहाँ कुनै प्रहरी नदेखेको र पकेटमारलाई नियन्त्रणमा लिएर खबर गर्दा पनि त्यहाँको इन्चार्जले वेवास्ता गरेको दाबी गरे ।

'मेरो पकेट मारेर भाग्यो त ठिक छ । छुरा हानेको भए के हुन्थ्यो ?' उनले प्रश्न गरे ।

यसैबीच, हिरासतबाट थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालयले ड्युटीमा खटिएका प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साहलाई निलम्बन गरेको छ । कार्यालयका डीएसपी रञ्जित सिंह राठौरका अनुसार उनीहरुलाई ३ महिनाका लागि निलम्बन गरिएको हो ।


हिरासतबाट फरारको खोजी भइरहेको उनले बताए । खोजीका लागि नेपाल र भारतमा प्रहरी टोली परिचालन गरिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ८, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?