बालयौन दुराचारको आरोपमा पोखराबाट एक अस्ट्रेलियन पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पोखराबाट बालयौन दुराचारमा संग्लन भएको आरोपमा अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ । तीन वर्षयता कामदार भिसामा पोखरा बस्दै आएका थोमस प्याराग्लाईडिङ चालकका रुपमा कार्यरत थिए ।

बालयौन दुराचारको आरोपमा पोखराबाट एक अस्ट्रेलियन पक्राउ

ब्यूरोको विशेष टोलीले उनको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको छ । थोमसले अन्य कैयन बालकमाथि पनि यौन दुराचार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।


प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको अनुसार आर्थिक बर्ष २०७३/७४ देखि आर्थिक बर्ष २०७५/७६ सम्म नेपालमा १२ विदेशी र उनीहरुका २ सहयोगी नेपालका पक्राउ गरेको छ ।

२२ असारमा मात्रै बाल यौन दुराचारको आरोपमा काभ्रेको मण्डन देउपुरबाट पक्राउ परेका क्यानेडियन नागरिक पिटर डग्लसलाई जिल्ला अदालत काभ्रेले ९ वर्ष कैद र १० लाख जरिवाना सुनाएको थियो ।

संयुक्त राष्ट्रसंघ लगायतका कैयन अन्तराष्ट्रिय कल्याणकारी संस्थामा काम गरेका पिटरमाथी अदालतले सजाय सुनाएकै दुई सातापछि पोखराबाट अष्ट्रेलियन नागरिक पेडोफाईल मुद्धामा पक्राउ परेका हुन् ।

प्रकाशित : श्रावण ७, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?