दुर्घटनामा २ को मृत्यु

प्रताप विष्ट

(हेटौंडा) — भारतीय मालवाहक ट्रकले मंगलबार मोटरसाइकल र टेम्पो (अटो रिक्सा)लाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेहरुको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका—१५ चुरियामाई मन्दिर नजिक भएको दुर्घटनामा टेम्पो चालक सुजनकुमार ढकालको मृत्यु भएको छ भने अर्का एक मृतकको नाम खुलेको छैन ।

हेटौंडातर्फ आईरहेको एनएलआईडी ८०३१ नम्बरको लहरीले बोकेर ल्याएको डिब्बा खसेर मोटरसाइकल र टेम्पोलाई थिचेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।

प्रकाशित : श्रावण ७, २०७६ १४:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीका दुई कार्यालयमा मुख्यमन्त्रीको छड्के

कान्तिपुर संवाददाता

रुपन्देही — प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेलले यातायात व्यवस्था कार्यालयका दुई इकाईमा मंगलबार छड्के गरेका छन् । छड्केमा २१ जना कर्मचारी अनुपस्थित भएका छन् । 

मुख्यमन्त्री पोखरेल सहितको टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्स शाखा बुटवलमा छड्के गरेको थियो । छड्केमा ३२ दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्रामका कार्यालय प्रमुख सहित १० कर्मचारी अनुपस्थित भेटिए ।

त्यसै गरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो । अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको, सबैलाई स्पष्टीकरण सोधिने र स्पष्टीकरण प्राप्त भएपछि अरू प्रक्रिया अघि बढ्ने प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित : श्रावण ७, २०७६ १४:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×