कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धनगढीको एक होटलमा विस्फोट, ५ जना घाइते

अर्जुन शाह

धनगढी — धनगढीको सहिद गेटनजिक रहेको निलम होटलमा बिहीबार साँझ विस्फोटन भएको छ । विस्फोटमा ५ जना घाइते भएका छन् । 

धनगढीको एक होटलमा विस्फोट, ५ जना घाइते

जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतकाअनुसार घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामबहादुर सिंह जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । यादव, खान र सेरेलाको ठेगाना खुलेको छैन ।


घाइतेहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार उनीहरु सख्त घाइते छन् । विस्फोटन भएको वस्तुबारे एकिन भइसकेको छैन ।

घटनास्थलमा एउटा ९ एमएमको चाइनिज पेस्तोल फेला परेको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । ‘विस्फोटन गराइएको वस्तु स्टीलको टिफिन कन्टेनर हो’, उनले भने, ‘जुन धेरै घातक हुन्छ ।’ उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : श्रावण २, २०७६ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?