विशेष अदालतको अध्यक्षमा अधिकारी नियुक्त

काठमाडौँ — विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबारको न्यायपरिषदको बैठकले उनको अध्यक्षतामा ५ जना सदस्य तोकेको हो ।

विशेष अदालतको अध्यक्षमा अधिकारी नियुक्त

अधिकारी हाल उच्च अदालत विराटनगरमा काजमा छन् ।


न्यायपरिषदले विशेष अदालतको सदस्यहरुमा न्यायाधीशहरु कृष्ण गिरी, बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा, चन्द्रबहादुर सारु र डा. रवि शर्मा अर्याल नियुक्त गरेको हो ।


हालका विशेष अदालतका अध्यक्ष सहित दुई पदाधिकारी अन्य उच्च अदालतमा सरुवा भएका छन् ।

प्रकाशित : श्रावण २, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?