बाढीपहिरोमा ९० को मृत्यु, २९ बेपत्ता [सूचीसहित]

रासस

काठमाडौँ — वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । 

खाडो नदीको बाढीका कारण डुबानमा परेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालय रहेको पाठशाला मैदान । तस्बिर : अवधेशकुमार/कान्तिपुर

उनका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ। विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन्। ललितपुर-६
सिराहा-६
मोरङ-५
भोजपुर-५
धनुषा-५
मकवानपुर-५
सिन्धुली-५
ओखलढुंगा-४
होत्तरी-४
डोल्पा-४
झापा-३
खोटाङ-३
पर्सा-३
काभ्रेपलाञ्चोक-३
काठमाडौँमा-३
सुनसरी-२
बारा-२
धादिङ-२
दाङ-२
इलाम-१
पाँचथर-१
संखुवासभा-१
उदयपुर-१
सर्लाही-१
रामेछाप-१
पाल्पा-१
कपिलवस्तुमा-१
बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा ७, इलाम, मोरङ र सिन्धुलीमा ३/३ जना छन्।


अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ।

अहिले राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ।

प्रकाशित : श्रावण २, २०७६ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले अवरुद्ध सडक अझै सञ्चालनमा आएन, बिरामी हेलिकप्टर चार्टर गर्न बाध्य

डम्बरसिं राई

खोटाङ — पहिरोले भत्किएको सडक एक सातासम्म नबन्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बेलामा सडक सञ्चालनमा नआएपछि बिरामीले हेलिकोप्टर चार्टर गर्न बाध्य छन् ।

एक साताअघि झरी–पहिरोले शहरसँगको सिधा यातायात विच्छेद भएको थियो। पहिरोले सडक भत्काएपछि बिरामीले हेलिकोप्टर चार्टर गर्न बाध्य भएका हुन्। पहिरोले सडक अवरुद्ध गरेपछि दिनहुँजसो हेलिकोप्टर चार्टर भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए।

एउटा हेलिकोप्टर चार्टर गर्दा दुई लाखदेखि अढाई लाखसम्म तिर्नु परेको छ। यातायात सडक विभाग, प्रशासन लगायतका सम्वन्धित निकायमा अनुरोध गर्दा समेत बेवास्ता गरिएको खोटाङ यातायात प्रालिका सचिव रामकुमार हिङ्माङले बताए।

सडक मर्मतबारे किन काम भएन भन्ने जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय झोक्किएका थिए। उनले भने, ‘अनावश्यक रिपोर्टिङ नगर्नुस्,’ उनले थपे, ‘अब तपाईंले नै पहल गर्नुस्।’

प्रतिनिधिसभा सदस्य भट्टराईले सडक खोल्ने बारे धमाधम काम भइरहेको बताएका छन्। उनका अनुसार केही दिनभित्रै सडक सञ्चालन भइसक्ने छ। यद्यपि कतिपय सडकमा झरेको पहिरो अझै पन्छाइएको छैन।

कतिपय सडक भने सम्वन्धित पालिकाहरुले सुचारु गराएका छन्। हलेसी तुवाचुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आ–आफ्नो नगरक्षेत्रभित्र पर्ने सडकहरु सञ्चालनमा ल्याएका छन्। मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने सडक भने सञ्चालनमा नआउदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्।

प्रकाशित : श्रावण २, २०७६ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्