कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पहिरोले अवरुद्ध सडक अझै सञ्चालनमा आएन, बिरामी हेलिकप्टर चार्टर गर्न बाध्य

डम्बरसिं राई

खोटाङ — पहिरोले भत्किएको सडक एक सातासम्म नबन्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बेलामा सडक सञ्चालनमा नआएपछि बिरामीले हेलिकोप्टर चार्टर गर्न बाध्य छन् ।

पहिरोले अवरुद्ध सडक अझै सञ्चालनमा आएन, बिरामी हेलिकप्टर चार्टर गर्न बाध्य

एक साताअघि झरी–पहिरोले शहरसँगको सिधा यातायात विच्छेद भएको थियो । पहिरोले सडक भत्काएपछि बिरामीले हेलिकोप्टर चार्टर गर्न बाध्य भएका हुन् । पहिरोले सडक अवरुद्ध गरेपछि दिनहुँजसो हेलिकोप्टर चार्टर भइरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

एउटा हेलिकोप्टर चार्टर गर्दा दुई लाखदेखि अढाई लाखसम्म तिर्नु परेको छ । यातायात सडक विभाग, प्रशासन लगायतका सम्वन्धित निकायमा अनुरोध गर्दा समेत बेवास्ता गरिएको खोटाङ यातायात प्रालिका सचिव रामकुमार हिङ्माङले बताए ।

सडक मर्मतबारे किन काम भएन भन्ने जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय झोक्किएका थिए । उनले भने, ‘अनावश्यक रिपोर्टिङ नगर्नुस्,’ उनले थपे, ‘अब तपाईंले नै पहल गर्नुस् ।’

प्रतिनिधिसभा सदस्य भट्टराईले सडक खोल्ने बारे धमाधम काम भइरहेको बताएका छन् । उनका अनुसार केही दिनभित्रै सडक सञ्चालन भइसक्ने छ । यद्यपि कतिपय सडकमा झरेको पहिरो अझै पन्छाइएको छैन ।

कतिपय सडक भने सम्वन्धित पालिकाहरुले सुचारु गराएका छन् । हलेसी तुवाचुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आ–आफ्नो नगरक्षेत्रभित्र पर्ने सडकहरु सञ्चालनमा ल्याएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने सडक भने सञ्चालनमा नआउदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।


प्रकाशित : श्रावण २, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?