कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तिलोत्तमा नगरपालिकामा बुद्धका मूर्ति तोडफोड 

अमृता अनमोल

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्घ मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको  शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

तिलोत्तमा नगरपालिकामा बुद्धका मूर्ति तोडफोड 

बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।


मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन । अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । एउटा मूर्तिको तौल नै १ सय १० किलो छ । ठूलो समूह नै लागेर मूर्ति तोडफोड गरेको हुनसक्ने स्थानीयको आशंका छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?