१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाढी पहिरोबारे सदनमा छलफलको माग 

काठमाडौँ — प्रतिपक्षी दल कांग्रेस र राजपाले बाढी, पहिरोले पुर्‍याएको क्षति र राहत/उद्धारको अवस्थाबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

बाढी पहिरोबारे सदनमा छलफलको माग 

कांग्रेस सांसद राधेश्याम अधिकारीले दर्ता गराएको उक्त प्रस्तावको समर्थकमा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेसकै सांसद बद्रिप्रसाद पाण्डे छन् । सांसद अधिकारीले बाढी पहिरोले पुर्‍याएको धनजनको क्षति तथा उद्धार र राहतको अवस्था बारे सदनले जानकारी लिन आवश्यक रहेकाले सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको बताए ।


प्रस्तावमा अविरल वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालिन उचित राहत दिनुपर्ने भएकाले छलफल आवश्यक रहेको उल्लेख छ । राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ ।


प्रतिनिधिसभामा पनि कांग्रेस र राजपा मिलेर त्यस्तै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । तर, पहिला सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कि गृहमन्त्रीले बोल्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसद बीच विवाद हुन पुगेको थियो । विवादका कारण गत असार ३० मा सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।

प्रकाशित : श्रावण १, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?