३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जनजातीको बन्द स्थगित, जनप्रदर्शन जारी राखिने

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले पूर्वघोषित नेपाल बन्दको कार्यक्रम स्थगित गरेको छ । उसले लोकसेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध चरणबद्ध ‘आरक्षण बचाऔं आन्दोलन’ का क्रममा साउन २ र १० गते बन्द घोषणा गरेको थियो । 

जनजातीको बन्द स्थगित, जनप्रदर्शन जारी राखिने

देशैभरि भएको भीषण वर्षाले बाढीपहिरो, डुबानजस्ता विपत्ति आएकाले आन्दोलनको स्वरूप परिवर्तन गरी जनप्रदर्शन, धर्ना, विरोध जारी राख्ने महासंघले जनाएको छ ।


विज्ञापनविरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति र पिछडिएको क्षेत्रका व्यक्तिहरू विभिन्न संघ/संगठनमार्फत साझा ब्यानरमा आन्दोलनरत छन् ।


महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगको केन्द्रीय तथा आयोग मातहतका कार्यालय र जिल्ला तथा प्रदेशका प्रशासन कार्यालयहरू, स्थानीय तहका कार्यालयमा घेराउ र धर्ना दिने भनेका छन् ।

देशैभरि विरोध जुलुस प्रदर्शन, जनप्रदर्शन र विरोधसभा गर्नुका साथै आयोगको परीक्षा बिथोल्ने पनि महासंघले भनेको छ ।

प्रकाशित : श्रावण १, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?