नेपाल वायुसेवाको प्रवक्तामा चन्द

काठमाडौँ — नेपाल वायुसेवा निगमले प्रवक्तामा नायव महाप्रवन्धक गणेश बहादुर चन्दलाई नियुक्त गरेको छ । चन्द प्रशासनतर्फको एघारौं तहका कर्मचारी हुन् । यसअघि निगमले पुस पहिलो साता प्रवक्तामा नवौं तहका पाइलट विजय लामालाई ल्याएको थियो ।

नेपाल वायुसेवाको प्रवक्तामा चन्द

हवाई सुरक्षालाई असर पर्ने गरी अभिव्यक्ति दिएपछि पाइलट लामा बैशाखमा विवादमा तानिएका थिए ।


नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले लामालाई ग्राउन्डेड गर्ने निर्णय गरेपछि निगमका कार्यकारी अध्यक्ष मदन खरेलले लामालाई प्रवक्ताबाट हटाएका थिए । त्यसयता निगमको प्रवक्ताको पद रिक्त थियो । नायव महाप्रबन्धक चन्द निगम व्यवस्थापनमा अध्यक्षपछि दोस्रो वरीयतामा पर्छन् ।


यसैबीच निगम व्यवस्थापनले पाइलट तथा एयरहोस्टेसहरु सम्बन्धित फलाइट अपरेशन विभागको नेतृत्व गरिरहेका पाइलट रविन्द्रकुमार शेरचनहलाई हटाई उनको स्थानमा पाइलट दिपु जुहार्चनलाई ल्याएको छ । नवौं तहका क्याप्टेन जुहार्चन एयरबस ३२० का क्याप्टेन हुन् ।


प्रकाशित : असार ३१, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?