१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एकतालाई असफल पार्ने षड्यन्त्र भइरहेको दाहालको दाबी

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीले षड्यन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

एकतालाई असफल पार्ने षड्यन्त्र भइरहेको दाहालको दाबी

ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले देशभित्र र बाहिर दुई पार्टीबीचको एकतालाई असफल पार्ने षडयन्त्र भइरहेको दाबी गरेका हुन् । उनले देशको स्थायित्व र आर्थिक समृद्धिका लागि पार्टी एकता आवश्यकता छ भन्ने बोध गरेर मात्र दुई पार्टी एकता गरिएको प्रस्ट पारे । 'प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरिएको होइन, पार्टी एकता खल्बल्याउने देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हामीले परास्त गर्‍यौँ',


अध्यक्ष दाहालले आफूहरुलाई कसैले हराउन नसक्ने बताए । उनले भने, 'हामी कम्युनिष्टहरूलाई हराउने भनेको हामीभित्रको अहङ्कार हो । प्रतिक्रियावादीले हामीलाई हराउन सक्दैन ।' उनले शोभियत सङ्घ र युरोपका कम्युनिष्ट पार्टी पतन भएको आन्तरिक कारण नै प्रमुख रहेको बताए । जनताको मन जित्ने गरी सम्पूर्ण नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले असल व्यवहार, आचरण देखाए मात्र जनताले समर्थन गर्ने बताए ।

प्रकाशित : असार ३१, २०७६ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?