२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राप्रपा संयुक्तको बैठक काठमाडौंमा

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले साउन ५ गते उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक काठमाडौँमा बोलाएको छ । 

राप्रपा संयुक्तको बैठक काठमाडौंमा

केन्द्रीय कार्यालय चाबहिलमा बस्ने उक्त बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र डा प्रकाशचन्द्र लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार आर्थिक कार्य तथा नीतिबारे छलफल हुने बैठकमा देशभर भएका सङ्गठन समायोजनसम्बन्धी प्रगतिबारे तथा पछिल्लो अवस्थामा सङ्गठनले गरेका गतिविधिबारे सचिवालयले प्रतिवेदन प्रस्तुत गर्नेछ ।


डा लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गत माघ १८ गते एकीकरण भई निर्माण भएको उक्त पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिका रुपमा अवलम्बन गरेको भए पनि पार्टीभित्र केही नेताले परिवर्तित संरचनामा गणतन्त्रको पक्षमा समेत बहस सुरु गरेका छन् ।


बैठकले राप्रपा परिवेशका तथा समान विचार भएका अन्य पार्टीसँग एकीकरण भई आगामी महाधिवेशन गर्ने वा निर्धारित समयभित्र गर्ने भन्नेबारे पन टुङ्गो लगाउनेछ ।

प्रकाशित : असार ३१, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?