प्रशासकीय प्रमुखलाई कार्यालय नछाड्न आदेश

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई चौबिसै घण्टा कार्यालयमा बस्न निर्देशन दिएको छ ।

प्रशासकीय प्रमुखलाई कार्यालय नछाड्न आदेश

वर्षातको समयमा बाढीपहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि काम गर्नुपर्ने भएकाले कार्यालय छाडेर कतै नजान मन्त्रालयले सोमबार निर्देशन दिएको हो ।


विपदको समयमा कतिपय प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका कारण स्थानीय तहबाट उद्धार र राहतको काममा बाधा परेको गुनासो आएको उल्लेख गर्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै बसेर राहत र उद्धारमा सहयोग गर्न लिखित निर्देशन दिएको हो ।

प्रकाशित : असार ३०, २०७६ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?