१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बाढीपहिरोबाट मृत्यु हुनेकाे संख्या ६७ पुग्याे, ३० जना बेपत्ता [अपडेट]

काठमाडौँ — अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले
साेमबार ११:४५ बजे सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४१ पुरुषको ज्यान गएको छ ।

बाढीपहिरोबाट मृत्यु हुनेकाे संख्या ६७ पुग्याे, ३० जना बेपत्ता [अपडेट]

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिराेबाट ४३ जना घाइते भएका छन् । घाइते २० महिला र २३ पुरुषकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।


यी घटनामा ३० जना अझै बेपत्ता छन् । बेपत्ता रहेका १२ महिला र १८ पुरुषकाे खाेजी जारी रहेकाे जनाइएकाे छ । अहिलेसम्म एक हजार ४४६ जनाकाे सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित : असार ३०, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?