कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मौसम पूर्वानुमान भरपर्दो बनाउन निर्देशन

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मौसम पूर्वानुमानको सूचना छिटो र भरपर्दो ढंगले जनस्तरसम्म पुर्‍याउन निर्देशन दिएका छन् । उनले आइतबार दिउँसो जल तथा मौसम पूर्वानुमान महाशाखा निरीक्षण गरी पूर्वानुमानको सूचनालाई विश्वासिलो बनाउन निर्देशन दिए ।

मौसम पूर्वानुमान भरपर्दो बनाउन निर्देशन

मन्त्री पुनले महाशाखाको नवनिर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्ष अवलोकन गरेका थिए ।


उनले पूर्वानुमान महाशाखालाई अत्याधुनिक प्रविधिसहित विश्वासिलो र भरपर्दो बनाउन सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।


उनले आमजनतामा पूर्वानुमान महाशाखाले दिने मौसमसम्बन्धी सूचना भरपर्दो नहुने भन्ने मानसिकता रहेकाले सचेत भई काम गर्नसमेत निर्देशन दिए ।

प्रकाशित : असार २९, २०७६ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?