१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राष्ट्रपतिद्वारा उद्धार र राहतमा जुट्न आह्वान

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट जनधनको ठुलो क्षति भएकोप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा सहानुभूति सहित समवेदना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिद्वारा उद्धार र राहतमा जुट्न आह्वान

राष्ट्रपतिले आइतबार विज्ञप्ति जारी गरी प्राकृतिक विपद्को दुःखद घडीमा पीडितहरूको उद्धार, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारलाई आग्रह गरेकी छन् ।


उनले उद्धार तथा राहत कार्यमा राज्यका सबै सम्बद्ध निकायहरूको ध्यान पुग्ने विश्वाससमेत व्यक्त गरेकी छन् । उनले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय तथा सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन आह्वान गरेकी छन् ।


उनले भविष्यमा आइपर्ने यस प्रकारका प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पर्ने सावधानी अपनाउन आमजनता र सम्बद्ध सबैको ध्यानाकर्षण गराएकी छन् ।

प्रकाशित : असार २९, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?