कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आइतबार साँझ ७ बजेसम्म कुन राजमार्गको अवस्था कस्तो छ? हेर्नुहाेस् विस्तृतमा

काठमाडौँ — बाढी र पहिरोले देशभरका राजमार्गहरु अवरुद्ध बनेका छन् । राजधानी जोड्ने मुख्य राजमार्गका पुल भत्किएका छन् । पहिरोले सडक पुरेको छ । कतिपय ठाउँमा सडक नै बगाएको छ । यसका लागि प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ । कतै यात्रा गर्नु पूर्व राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । हेरौं कहाँको सडकको अवस्था कस्तो छ :

आइतबार साँझ ७ बजेसम्म कुन राजमार्गको अवस्था कस्तो छ? हेर्नुहाेस् विस्तृतमा

खुर्काेट–उदयपुर खण्डमा पहिराेका कारण सडब अवरुद्ध बनेकाे छ । महाेत्तरीकाे झप्सी खाेलामा पुल भत्किएर अवरुद्ध बनेकाे सडक डाइभर्सनबाट एकतर्फी सञ्चालनमा ल्याइएकाे छ ।

बीपी राजमार्ग अन्तरगत सिन्धुलीकाे गलनजाेर गाउँपालिका र सनुकाेशी गाउँपालिकामा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएकाे छ । यसैगरी कुलेखानी मार्गकाे फाँखेल लगायतका स्थानमा पहिराेका कारण अवरुद्ध सडक ४ बजेदेखि एकतर्फी सञ्चालनमा आएकाे छ ।

प्रकाशित : असार २९, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?