१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मौसम खराब भएपछि सिमकोट उडान अवरुद्ध, मानसरोवर जाने पर्यटक अलपत्र 

मधु शाही

(बाँके) — मौसममा आएको खराबीका कारण चार दिन देखि दुर्गम क्षेत्रमा जहाज उडान हुन सकेको छैन । नेपालगञ्ज विमानस्थलबाट सिमकोट हुँदै तिब्बतको मानसरोवर जाने पर्यटक अलपत्र परेका छन् । 

मौसम खराब भएपछि सिमकोट उडान अवरुद्ध, मानसरोवर जाने पर्यटक अलपत्र 

नागरिक उड्यन प्राविधिकरण नेपालगञ्ज विमानस्थलका निर्देशक प्रेम नाथ ठाकुरका अनुसार तीन दिनको विमान अवरोधले झन्डै २ सय पर्यटक अन्योलमा परेका हुन् । आज जुम्ला, डोल्पा र बाजुरा खुलेको छ ।


आइतबार मौसम खराबीले गर्दा उडान ठप्प छ । तीन दिन लगातार उडान नहुँदा सिमीकोट जाने पर्यटक प्रभावित भएका हुन् । मानसरोवरलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलबाट तारा, समिट र सिता एयलाइन्सले सिमीकोट तर्फ उडान गर्छन् ।


मौसम खराब भएपछि नेपालगञ्ज ट्रान्जीट हुँदै हुम्लाकाे सिमकोट जान अड्किएका मध्ये ९० प्रतिशत पर्यटक भारतीय रहेको प्रेमले बताए । झन्डै १२ दिनमा सकिने मानसरोवर यात्रा चार दिन देखिको बर्सातका कारण अनिश्चीत समय लम्बीन सक्ने प्रेमले बताए ।


सोल्टी होलटका जेनरल म्यानेजर इन्द्र खड्काका अनुसार मानसरोवरका पर्यटक बर्खामा थोरै आउने गर्छन् । त्यसमा पनि फ्लाइट सञ्चालन हुन नसक्दा होटलमा बस्नुपर्ने बाध्यता छ । ‘हामी कहाँ थोरै पर्यटक छन्,’ उनले भने, ‘फ्लाइट रोकिंदा धेरै पर्यटक आफ्नो सुविधा अनुसारका होटलमै बस्न बाध्य भएका छन् ।’ दुई लाखको प्याकेजमा मानसरोवर यात्रा हुने भएपनि फ्लाइट रोकिंदा अन्य व्यक्तिगत खर्च बढ्न थालेको पर्यटकको गुनासो छ ।

प्रकाशित : असार २९, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?