सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा संचालन

माधव अर्याल

पाल्पा — शनिबार दिउँसो सुख्खा पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग आज (आइतबार) बिहानबाट एकतर्फीरुपमा संचालनमा आएको छ । शनिबार दिउँसो ३ बजेतिर ढुंगा सहितको पहिरो खस्दा एक मोटरसाइकल र त्यसका चालकलाई पहिरोले बगाएको थियो । 

सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा संचालन

राजमार्ग अन्तगर्त पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले बगाएर निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय घनबहादुर सुनारी मगरको मृत्यु भएको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए । लु ५० प ४६७१ नम्बरको मोटरसाईकलमा बुटवलबाट पाल्पाको निस्दी फर्किदै गरेका सुनारीलाई ढुंगा सहितको सुख्खा पहिरोले बगाएको हो । मृतक सुनारी मित्याल गोरखनाथ आधारभूत विद्यालय, भीरपानीका राहत शिक्षक हुन् ।


मोटरसाइकल र चालक तिनाउ खोलाको तीर नजिकै पुगेका थिए । हिजो दिउँसोदेखि अलपत्र परेका यात्रुलाई हिड्ने बाटो बनाएर गन्तव्यमा पठाएपनि ठूला ढुंगा भएकाले पन्छाउन समस्या भएको थियो । त्यस क्षेत्रमा सयौं सवारी साधन अलपत्र छन् । राती दोभान, सिद्धबाबा क्षेत्रमा पानी परेकाले पनि थप समस्या भएको दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरले बताए ।


ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फि यातायात सुचारु गर्न पहल भइरहेको छ । सडक डिभिजन कार्यालयका प्रमुख केदार नेपालले सकेसम्म छिटो राजमार्ग सुचारु गर्ने गरी काम भइरहेको जनाए ।



प्रकाशित : असार २९, २०७६ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?