१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माई खोलामा ३ छात्रा बेपत्ता

इलाम — वर्षासँगै माई खोलामा आएको बाढीले बगाएर शनिबार इलाममा ३ जना छात्रा बेपत्ता भएका छन् । जिल्लाको माई नगरपालिका स्थित माई खोलामा आएको बाढीले बगाएर माईनगरपालिका–१ जुवाले भन्ने स्थानका तीनजना विद्यार्थी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा १४ वर्षीया आकृति लिम्बू र १३ वर्षीया सुनिता साउदेन र १६ वर्षीया निशा सुनुवार रहेका छन् ।


बेपत्ता भएका विद्यार्थी सोही नगरपालिकाको वडा नम्बर ६ महमाईमा रहेको माई भगवती माविमा अध्ययनरत विद्यार्थी हुन् । विद्यालयमा अध्ययनरत उनीहरू शुक्रबार परीक्षा लेख्न गएका थिए ।

परीक्षा सकेपछि घर फर्कने क्रममा माईखोलामा बाढी आएपछि महमाईमै बास बसेको र शनिबार बिहान घर फर्कने क्रममा खोला तर्दै गर्दा खोलाको सतह बढेपछि उनीहरूलाई बगाएको थियो ।


प्रकाशित : असार २८, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?