१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोसी ब्यारेजका ३३ ढोका खोलेर निकास

विराटनगर — अबिरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ । पछिल्लो पटक गरिएको मापन अनुसार कोसीमा २ लाख ४६ हजार ८ सय क्युसेकभन्दा बढी पानीको बहाव देखिएको छ ।

कोसी ब्यारेजका ३३ ढोका खोलेर निकास

पानी बढिरहेपछि निकास दिनका लागि कोसी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ । पानीको बहाव धेरै भएपछि ब्यारेजमा सतर्कतासूचक रातो बत्ती बालिएको छ ।

यसअघि हिजो साँझ गरिएको मापनमा पानीको बहाव २ लाख क्युसेकभन्दा बढी पाइएको थियो । त्यसबेला पानीलाई निकास दिन ब्यारेजका २९ वटा ढोका खुला गरिएको थियो ।


सुनसरीको चतरामा भएको पानीको बहाव शनिबार बिहान सतर्कता संकेतभन्दा माथि पुगेको छ । स्थानीय प्रशासनले कोसी वारिपारिका सुनसरी र सप्तरीका गाउँ बस्तीहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित : असार २८, २०७६ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?