रौतहट डुबानमा : डुंगा लिएर उद्धारमा निस्किए सुरक्षाकर्मी    

शिव पुरी

रौतहट — रौतहटको सदरमुकाम गौर डुबानमा परे पछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले डुंगाको मद्धतले उद्धार थालेको छ । बजार क्षेत्रका साना घरहरुमा फसेकालाई उद्धार सुरु गरिएको हो ।

रौतहट डुबानमा : डुंगा लिएर उद्धारमा निस्किए सुरक्षाकर्मी    

गौर बजार डुबानमा परे पछि अहिले जनजीवन अस्तव्यस्त बनेको छ । डुबानले विद्युत आपूर्ति ठप्प छ ।


जिल्ला प्रहरी प्रमुख एसपि भूपेन्द्र खत्रीले डुंगाको माध्यमबाट उद्धारकार्य सुरु गरिएको जनाए । ‘डुबानमा फसेकाहरुलाई उद्धार सुरु गरेका छौं,’ उनले भने, ‘जहाँ बढी डुबान र फसेकाहरु छन् उनिहरुलाई सुरक्षित स्थानमा लैजाने काम सुरु गरेका छौं ।’


नेपाल प्रहरीको एउटा, सेनाको २ र सशस्त्रको ११ नम्बर गणको १ गरी ४ वटा रबर बोट लिएर सुरक्षाकर्मीको टोली उद्धारमा निस्किएको छ ।


सबैभन्दा धेरै भन्सार क्षेत्र डुबानमा परेको छ । त्यस क्षेत्रका मानिसलाई उद्धार गर्न टोली खटेको छ । पहिलो तल्ला सम्म पानी पसे पछि स्थानीयले धमाधम समान ओसारेर माथिल्लो तल्लामा लगेका छन् । भूईंतला घर भएकारुको समानमा क्षति पुगेको छ । सरकारीका कार्यालयको कागजपत्रमा क्षति पुगेको छ ।


प्रमुख जिल्ला अधिकारी किरण थापाले सदरमुकामको अवस्था गम्भिर भएको बताए । ‘अहिले डुंगाको मद्धतले उद्धार सुरु गरिएको छ,’ उनले भने, ‘पानीको निकाशको लागी भारतीय पक्ष सित कुरा भईरहेको छ ।’ भारतीय सिमाक्षेत्रमा लगाईएको बाँधको ढोका खोल्न पहल भईरहेको उनले बताए ।


भारतीय सिमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकाश पाएको छैन् । ढोका खोलिए पछि डुबान कम हुन्छ । लालबकैया र बागमतिको बाँध भत्किएर पानी गाउँ पसेको हो ।


प्रकाशित : असार २८, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?