कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

घूससहित चार प्रहरी पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको सामाखुसीबाट घूस लिँदालिँदै चार प्रहरी जवानलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय ट्राफिक महाशाखाका जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नीरज भण्डारी तथा नेपाल प्रहरीको ३ नं. गणका जवान हिटलर साउद पक्राउ परेका हुन् । 

घूससहित चार प्रहरी पक्राउ

अख्तियारका अनुसार उनीहरूका साथबाट एक लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरूले सामाखुसीको एउटा मिठाई पसलमा बसेर गाडी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने प्रलोभनमा पारी सेवाग्राहीसित घूस लिएका हुन् ।


उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?