कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नक्कली चालक खडा गर्ने इन्सपेक्टरसहित ७ जना विरुद्ध मुद्दा 

नारायण शर्मा

नवलपरासी — सवारी दुर्घटनामा ज्यान गुमाएको घटनामा चालक फेरेर नक्कली काम गरेको भन्दै अख्तियारले गैडाकोटका इन्सपेक्टर लोकबहादुर जिसी सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । सक्कली चालक फेरेर नक्कली चालकले गाडी चलाएको कागजात बनाउने ४ प्रहरी र त्यसमा मिलोमतो गरेर झूटो बयान दिने ३ जना समेत गरी ७ जना विरुद्ध अख्तियारले अनुसन्धान थालेको ३५ दिनपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

नक्कली चालक खडा गर्ने इन्सपेक्टरसहित ७ जना विरुद्ध मुद्दा 

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले त्यतिबेलाको दुर्घटनामा गाडी चालउनेलाई लुकाएर नक्कली चालक खडा गरेको विषयमा अनुसन्धान गर्दा इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर जिसी , सई दामोदर भट्टराई , असई देबबहादुर र गैडाकोटका तत्कालीन ट्राफिक प्रहरी इन्चार्ज बलबहादुर ओलीले मिलोमतोमा नक्कली काम गरेको पुष्टि भएपछि उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जानकारी दिए ।


त्यसै गरी दुर्घटना हुँदा गाडि मै नरहेका र पछि चालक हुँ भनेर झूठो बयान दिने किसुना महतो , सक्कली चालक बोधराज पाण्डे र मतियारा शालिकराम पाण्डेलाई पनि हदैसम्मको कारबाही गर्न माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


गत बैशाख ११ गते राति १० महेन्द्रराजमार्ग अन्तरगत गैडाकोटको विकास चोकमा जिप र मोटरसाइकल ठोक्किदा एक महिलाको मृत्यु भएको थियो । जिप चालक चितवन टाडीका बोधराज पाण्डेले चलाएको नम्बरको जिप र मोटरसाइकल ठोक्किदा मृत्यु भएको हो ।


बोधराजले मादकपदार्थ सेवन गरेर जिप चलाउदा दुर्घटना भएको प्रारम्भीक अनुसन्धानले देखाएको थियो । दुर्घटनाको २ दिनपछि बैशाख १३ गते बोधराज पाण्डेसँग १० लाख नगद लिएर किसुन महतो भन्ने गाडि चलाउने लाइसेन्स भएका र दुर्घटना हुँदा गाडि नचलाएका व्यक्ति राखेर कानूनी कारबाही अघि बढाएका थिए । दुर्घटना हुँदा जिप चलाउने पाण्डेको सट्टा गाडि चलाउने लाइसेन्स भएका महतोलाई सक्कली चालक बनाएर नक्कली काम गरेपछि इलाका प्रहरी कार्यालयभित्रैबाट अख्तियारमा बेनामे उजुरी परेको थियो ।


आयोगका प्रबक्ता कोइरालाले प्रहरी निरीक्षकले घूस खाएर चालक फेरेको बारेमा परेको उजुरीको आधारमा त्यो बिषयमा अनुसन्धान गरिएको र मिलोमतोमा त्यस्तो काम गरेर अख्तियार दुरुपयोग गरेको पाइएकाले कारबाही र सजायका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।

प्रकाशित : असार २७, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?