विराटनगर — खोटाङको खोटेहाङ गाउँपालिका-२ बाप्लुखामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बिहान खसेको पहिरोले घरसहित बगाउँदा विष्णु राईकी श्रीमती, छोरा र छोरी बेपत्ता भएका हुन् । विष्णु घाइते भएको प्रहरीले जनाएको छ ।
झिसमिसेमै झरेको पहिरोले घरसहित चारैजनालाई बगाएको थियो । विष्णुलाई घाइते अवस्थामा आफन्त र गाउँलेले उद्धार गरेका थिए । बेपत्ता हुनेहरुको प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी भइरहेको छ ।