कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाढीपहिरोले ६ जनाको ज्यान गयो, ५ बेपत्ता

जनकराज सापकोटा

काठमाडौँ — गृह मन्त्रालयका अनुसार लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । मन्त्रालयले देशैभरीबाट शुक्रबार मध्यान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो । झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ । 

बाढीपहिरोले ६ जनाको ज्यान गयो, ५ बेपत्ता

यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन् ।


त्यस्तै बाढीका कारण मोरङ र सुनसरीमा एक/एक गरी दुई जना बेपत्ता भएका छन् भने पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ । त्यस्तै मोरङमा बाढीका कारण चार घर डुबानमा परेका छन् भने एक हजार घर प्रभावित बनेका छन् । रौतहटको लालबकैया नदीमा पानीको प्रवाह बढेका कारण उक्त क्षेत्र जोखिमपूर्ण बनेको छ ।

प्रकाशित : असार २७, २०७६ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?