२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अविरल वर्षाले रौतहट डुबानमा

शिव पुरी

रौतहट — लगातारको वर्षाका कारण रौतहटको एक दर्जन बढी गाउँ डुबानमा परेको छ । चुरे क्षेत्रमाभारी वर्षाका कारण पछि पूर्वपश्चिम राजमार्गको लच्कामा पानी जमे पछि शुक्रबार बिहान देखी यातायात अवरुद्ध भएको छ । 

अविरल वर्षाले रौतहट डुबानमा

ठुला सवारीलाई समेत आवत जावतमा समस्या भएको छ । साना सबारीलाई प्रहरीले रोकेको छ । बिहान पश्चिम आउँदै गरेको जिप बगाउनबाट जोगीए पछि सानालाई रोकेको हो ।


चन्द्रपुर नगरपालीका २ स्थित लच्कामा पानी जमे पछि यातायात अवरुद्ध बनेको हो । बगाउने खतरा बढेपछि कार, जिप, मोटरसाइकल लगायतका साना सवारीलाई रोकेको ईलाका प्रहरीका डिएसपी कवित कटुवालले जनाए । अहिले ठुला सवारीलाई मात्र जान दिइएको छ । चन्द्रपुरकै चोक, बजार क्षेत्रका घरहरु डुबानमा पारेको छ । प्रहरीले स्काभेटर लगाएर पानी बाहिर पठाउने काम गरिरहेको छ ।


यता भारी वर्षाले जिल्लाको औरैया, बडहर्वा, बन्जरहा, बेलबिछवा, गढो ईशनाथ लगायतका गाउँ डुबानमा परेको छ । पानीको निकाश नहुदा गाउँबस्ती डुबानमा परेको हो । लालबकैया र बागमति नदिमा पानीको मात्रा बढे पछि स्थानिय प्रशसनले उच्चसतर्कता अपनाउन भनेको छ । दुवै नदिले वर्सेनी क्षति पुर्‍याउँदै आएको छ । चलमाहा, चादी, र झाझ खोलामा बाढी आए पछि किशानको उखु र धान बाली समेत डुबानमा परेको छ ।

सदरमुकाम डुबान

लगातारको वर्षाले सदरमुकाम गौरमा समेत पानीको सतह बढ्दै गएको छ । पूर्व वागमती र पश्चिम लालबकैया नदीले घेरिएको सदरमुकाम यतिखेर उच्च जोखिमा छ । गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेले ठूलो बाढी आउने खतरा देखिएको छ ।


प्रमुख जिल्ला अधिकारी किरण थापाले उच्चसतर्कता अपनाउन भनेको बताए । ‘जताततै डुबान छ । सदरमुकाम समेत डुबानमा पर्ने खतरामा छ,’ उनले भने, ‘यस्तो बेला सतर्कता अपनाउनु पर्छ ।’



उनले जिल्लाभरीका क्षतिको बिवरण संकलन गर्ने काम भईरहेको जनाए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए ।




प्रकाशित : असार २७, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?