कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रा.डा. गोविन्द केसीले भने - 'आयोग उपाध्यक्षमा योग्य व्यक्ति ल्याऊ’

काठमाडौँ — प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्य र कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रा.डा. गोविन्द केसीले भने - 'आयोग उपाध्यक्षमा योग्य व्यक्ति ल्याऊ’

उनले हाल अघि बढाइएको छनोट प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । केसीले बिहीबार पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा ऐनका ‘माफियामुखी प्रावधानहरू’ हटाउने गरी ऐन संशोधन गर्नसमेत माग गरेका छन् ।


आयोग उपाध्यक्ष नियुक्ति कसैलाई जागिर खुवाउने वा कसैको स्वार्थ पूर्ति गर्नेभन्दा निकै बढी संवेदनशील रहेको औंल्याउँदै उनले आयोगको संस्थापक उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु विकृतिलाई झनै मौलाउन दिनु र चिकित्सा शिक्षा क्षेत्रको नियमन अस्तव्यस्त पार्नु रहेको बताए ।


माफियामुखी प्रावधानसहितको चिकित्सा शिक्षा ऐनको अपनत्व ग्रहण नगरेर सुधारका लागि लडिरहेको उल्लेख गर्दै उनले आयोग उपाध्यक्ष छनोटमा आफूहरू मौन रहन नसक्ने चेतावनी दिए ।


‘आयोग बनेपछि पनि पार्टी स्वार्थअनुसार परिचालित हुने उपाध्यक्ष ल्याउने र आयोग नियमनको सट्टा मिलेमतोको बाटो लाग्ने हो भने अहिलेसम्म हात परेका उपलब्धि पनि गुम्ने निश्चित छ,’ उनले भने ।

मिडियाको घाँटी थिच्ने मिडिया काउन्सिल विधेयक र आम नागरिकको मुख थुन्ने सूचना प्रविधि विधेयक तत्काल फिर्ता गर्न वा दुवैबाट अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानहरू हटाउन पनि केसीले माग गरे ।


राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता खोस्ने र आयोगलाई प्रभावहीन बनाउने नियतले ल्याइएको संशोधन विधेयक पनि तत्काल खारेज गर्नुपर्ने केसीको माग छ ।

प्रकाशित : असार २७, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?