कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकार विरुद्ध नेविसंघको मसाल जुलुस

काठमाडौँ — नेविसंघले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । बालाजु चोकदेखि बाइपाससम्म निकालिएको जुलुसमा ‘आमजनतालाई विषाक्त तरकारी र फलफूल खुवाउन पाइँदैन’ भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको थियो ।

सरकार विरुद्ध नेविसंघको मसाल जुलुस

नेविसंघका नेताहरूले भारतका सामु सरकारले घुँडा टेकेर विषादी परीक्षण रोकेको आरोप लगाउँदै विषादीको परीक्षण गरेरमात्रै भारतीय तरकारी तथा फलफूल आयात गर्न माग गरेका थिए । प्रहरीले मसाल जुलुसमा हस्तक्षेप गरी नेविसंघका १८ कार्यकर्तालाई पक्राउ गरेको छ । हस्तक्षेपका क्रममा विद्यार्थी नेताहरू पवन थापा, विजय ढुंगाना, अमृत लामिछाने, प्रदीपजंग शाह घाइते भएको नेविसंघले जनाएको छ ।


नेविसंघका निमित्त महामन्त्री कुन्दनराज काफ्लेले एक प्रेस विज्ञाप्ति निकाल्दै कार्यकर्ताको रिहाई माग गरेका छन् ।

यस्तै शुक्रबार बिहान ११ बजे माइतीघर मण्डलामा नेविसंघले सरकार विरुद्ध विरोधसभा गर्ने तयारी समेत गरेको छ ।

प्रकाशित : असार २६, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?