त्रिवि उपकुलपति खनियाँ भन्छन्, ‘कार्पेट ओछ्याइएको छैन’, कार्यक्रम व्यवस्थापक भन्छन्, ‘झुत्रा कार्पेट ओच्छ्याइएकै हो’

सुदीप कैनी

काठमाडौँ — त्रिविको ६० औं वार्षिकोत्सव तथा उपकुलपति भवन उद्‌घाटन क्रममा हिलोमाथि कार्पेट ओच्छ्याइएको विषय आलोचित सँगै विवादित बनेको छ । त्रिविले आयोजना गरेको कार्यक्रममा कार्पेट नभई प्लाइउड ओच्छ्याइको भन्दै उपकुलपति तीर्थ खनियाँले बचाउ गरेका छन् ।

त्रिवि उपकुलपति खनियाँ भन्छन्, ‘कार्पेट ओछ्याइएको छैन’, कार्यक्रम व्यवस्थापक भन्छन्, ‘झुत्रा कार्पेट ओच्छ्याइएकै हो’

‘भवन उद्घाटन पछि प्रधानमन्त्री त्रिवि परिसरमै बनेको सरस्वतीको मन्दिर जाने कार्यक्रम थियो, हाम्रो कार्यक्रमस्थलसम्म हिलोमाथि प्लाइउड राखिएको हो,’ कान्तिपुरसँग उनले भने, ‘सरस्वतीको मन्दिरतिर ओछ्याएको भए हामीलाई थाहा भएन ।’ [तस्बिरमा हेर्नुहोस्]


हिलोमाथि ओच्छ्याउन प्लाइउड लगिँदै ।

उनले प्लाइउ समेत त्रिविले नभइ कार्यक्रममा सहभागी अन्य र सुरक्षाकर्मीले राखेको बताए । ‘त्रिविको कार्यक्रमसम्म पुग्न कुनै हिलोको अवरोध थिएन,’ उनले भने । सञ्चारमाध्यममा ‘कुलपति तथा प्रधानमन्त्रीलाई हिलोमाथि रातो कार्पेट’ शिर्षकमा समाचार आएपछि त्रिवि पत्रकारिता विभागका प्रमुखसँग समेत आफूले समाचारमा कसरी तथ्य फरक पर्‍यो भनेर स‍ोधपुछ समेत गरेको जाकारी गराए ।


‘हाम्रो पत्रकारिताको पाठ्यक्रम प्लाइउडलाई कार्पेट देख्ने खाले कसरी भयो ? भनेर मैले जिज्ञासा राखें,’ खनियाँले भने, ‘विभागका प्रमुख चिरञ्जिवी खनालले तथ्यलाई फरक पार्ने खालेको पाठ्यक्रम छैन भन्नुभयो ।’ प्लाइउड माथि प्रधानमन्त्री लगायत कार्यक्रममा सहभागीले टेकेको ठाँउको रातोरातो के हो त ? भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘कार्पेट त मैले देख्दै देखिनँ ।’

प्लाइउडबाट रातो कार्पेटतिर आउँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

कार्यक्रमको व्यवस्थापनको समेत जिम्मेवारी पाएको त्रिविको सामान्य प्रशासन महाशाखाले भने प्रधानमन्त्रीको स्वागतको लागि नभई हिलोबाट जोगिन कार्पेट बिच्छ्याइएको स्पष्ट पारेको छ ।


महाशाखाका प्रमुख सुभाष कँडेलले भने, ‘रातभरि पानी परेपछि हिलोहिलो भएको थियो, बिहान पनि पानी आउन रोकिएन, प्रधानमन्त्री आउने बेला भइसक्यो, अझै पानी नरोकिएपछि सुरुमा मसिना ढुङ्गा गिटी हालियो, त्यसपछि प्लाइउड माथि कार्पेट हालियो, संयोगले रातो कार्पेट परेछ ।’


प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्यालुट गर्दै ड्युटीमा खटिएका प्रहरी ।

हिलोले ओछ्याएको गिट्टी र प्लाइउड पनि पानीमा डुब्न थालेपछि अन्तिममा कार्पेट बिच्छाएको उनले बताए । ‘हिलो र पानीमा प्लाइउड पनि डुब्न थाल्यो त्यसपछि त्रिविमै रहेको पुरानो कार्पेट खाजेर ल्याइयो, प्रधानमन्त्री कार्यक्रमस्थल तर्फ हिँड्नु भयो भन्ने खबर आएपछि पट्याएर राखेको झुत्रा कार्पेट राखिएको हो ।’ पाहुनाको स्वागतका लागि भन्दा पनि खेर गएको कार्पेट हिलोबाट बच्न बाध्य भएर उपयोग गर्नुपरेको उनले प्रष्ट्याए ।

यही विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले यसलाई मिसन पत्रकारिताको संज्ञा दिएका छन् ।

त्रिविको नवनिर्मित भवनको परिसरमा जमेको पानी र हिलो । तस्बिरहरु : इलिट जोशी

प्रकाशित : असार २६, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?