१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दबाब दिएपछि अध्यक्षका छोरा निष्कासित

गण्डकी — अनुचित काम गराउन कर्मचारीलाई दबाब दिने गरेको आरोप लागेपछि स्याङ्जाको बिरुवा गाउँपालिकाले अध्यक्ष चुनप्रसाद शर्माका छोरा राजन पोखरेललाई जागिरबाट निष्कासन गरेको छ ।

कम्प्युटर अपरेटर सहायक पदमा कार्यरत उनलाई मंगलबार शर्मा र प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य लगायतको बैठकले अवकाश दिने निर्णय गरेको हो ।


‘राजनजीले एउटा फाइल लिएर सही गराउन पसेपछि अधिकृतज्यू कार्यकक्ष नै छाडेर बाहिर आउनुभएको थियो, खैलाबैला भयो,’ गाउँपालिकाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर रामचन्द्र गिरीले भने, ‘अध्यक्षज्यूसहितको बैठकले अवकाश दिने निर्णय गरेको छ । पत्र पनि बनिसक्यो ।’


प्रक्रिया नै नपुग्ने कामको फाइल स्वीकृत गर्न दबाब आएको भन्दै अधिकृत आचार्य मंगलबार कार्यकक्षबाट बाहिरिँदा कार्यालयको काम एक घण्टा प्रभावित भएको थियो । गाउँपालिका अध्यक्ष शर्मा कार्यालयमा आएपछि आकस्मिक बैठक बसेको थियो ।

प्रकाशित : असार २५, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?