कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद स्थगित, १ बजे दोस्रो बैठक बस्दै

काठमाडौँ — सर्लाही घटनालाई लिएर विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् । मंगलबारको बैठकमा सरकारको तर्फबाट कुमार पौडेल र सरोजनारायण यादवको मृत्युलाई लिएर गृहमन्त्रीले  दिएको जवाफ प्रष्ट नभएको भन्दै प्रतिपक्षी सांसदले संसदीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।

संसद स्थगित, १ बजे दोस्रो बैठक बस्दै

सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए ।

मंगलबारको बैठकमा संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ पनि दिए । तर गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको प्रतिपक्षी सांसदको भनाइ थियो । सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरे । संसद बैठक १५ मिनेटका लागि स्थगित भयो ।

प्रकाशित : असार २४, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?