१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘विषादी परीक्षण रोक्नु मानवअधिकारविपरीत’

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले तरकारी, फलफूललगायत खाद्य तथा उपभोग्य वस्तुमा जथाभावी विषादी प्रयोग निरुत्साहित गर्दै गणस्तरीय वस्तु उपभोग गर्न पाउने नागरिकको हक सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

‘विषादी परीक्षण रोक्नु मानवअधिकारविपरीत’

विषादी नजाँची विदेशबाट आउने तरकारी तथा फलफूल भित्रिन दिने सरकारको निर्णयप्रति आयोगले आपत्ति जनाएको छ ।


आयोगका सचिव वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा पाउने हक हुने एवं गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगे क्षतिपूर्तिको हक सुनिश्चिता गरेको ध्यानाकर्षण गराइएको छ । नेपालकै अन्य विभिन्न कानुन र अन्तर्राष्ट्रिय घोषणा, महासन्धिलगायतको प्रसंग उल्लेख गर्दै आयोगले जनताको स्वस्थ जीवनयापनको अधिकारलाई राज्यले संरक्षण गर्नुपर्ने दायित्वबारे ध्यानाकर्षण गराएको छ ।


आयोग र अन्य विभिन्न निकायले बेलाबखत गरेको अनुसन्धान र अनुगमनबाट नेपालभित्रै र बाहिरबाट आउने तरकारी, फलफूललगायत खाद्य सामग्रीमा अत्यधिक विषादी प्रयोग हुने गरेको पाइएको पनि विज्ञप्तीमा उल्लेख छ ।



प्रकाशित : असार २३, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?