१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘हिमाल आरोहणमा प्रतिबन्ध छैन’

काठमाडौँ — सरकारले सगरमाथालगायत मुलुकभरका ४ सय १४ हिमाल आरोहणमा प्रतिबन्ध नलगाइएको धारणा सार्वजनिक गरेको छ । स्देशी–विदेशी संचारमाध्यम लगायत सर्वसाधरणमा आगामी सिजनदेखी नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाइएको हल्ला चलेपछि सोमबार पर्यटन विभागले यसबारे खण्डन गर्दै त्यसमा सत्यता नभएको जनाएको छ ।

‘हिमाल आरोहणमा प्रतिबन्ध छैन’

विभागकी निर्देशक मिरा आचार्यले अत्याधिक धेरै हल्ला चलेपछी खण्डन गर्नुपरेको बताइन् ।


‘आगामी सिजनदेखी सगरमाथा लगायत ४ सय १४ हिमाल आरोहणमा नेपालले प्रतिबन्ध लगाएको हल्ला अत्याधिक सुनियो,’ विभागको होटल तथा पर्वतारोहण शाखा प्रमुख आचार्यले कान्तिपुरसँग भनिन्, ‘हामीसँग पनि धेरे सरोकार राख्नेहरुबाट सोधखोज हुन थालेकाले आधिकारीक धारणा सार्वजनिक गर्न बाध्य भयौं ।’


उनले सरकारले औपचारिक रुपमा हिमाल आरोहण प्रतिवन्ध नलगाइएको बताउँदै बरु पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न कार्यदल गठन भएको बताइन् । सरकारले पछिल्ला वर्ष हिमाल आरोहणमा विभिन्न खाले समस्या देखिएकाले अध्ययन गर्न पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ ।


उक्त समितिले समग्र हिमाल आरोहणमा अपनाउनुपर्ने मापदण्ड, आरोहणमा संलग्न एजेन्सीहरुले उपलब्ध गराउने सेवा, सर्म्पक अधिकृत, रोयल्टी, फोहोर व्यवस्थापन लगायतका विषयमा सुझाव संकलन गरीरहेको छ । नेपाल सरकारकाले आरोहणपछि माछापुच्छ्रे हिमालमा मात्रै प्रतिबन्ध लगाएको छ ।


कास्कीका स्थानियले उक्त हिमालमा आरोहण गर्न नहुने भन्दै विरोध जनाएपछि तत्कालिन सरकारले उक्त हिमालमा आरोहण रोकेको निर्देशक आचार्यले बताइन् । नेपाल सरकारले वर्षमा चारपटक ४ सय १४ वटा हिमाल आरोहण खुल्ला गर्छ । यी हिमालहरुको आरोहण अनुमति पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले उपलब्ध गराउँछ ।


प्रकाशित : असार २३, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?