१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सचिवहरुले गल्ती गर्दा सरकार विवादमा पर्‍यो : मन्त्री यादव

राजु चौधरी

काठमाडौँ — भारतबाट आयात गरिने तरकारीको विषादी परिक्षण गर्ने निर्णयबाट पछि हटेको सरकारका उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादवले सचिवहरुले गल्ती गर्दा सरकार विवादमा परेको दाबी गरेका छन् ।

सचिवहरुले गल्ती गर्दा सरकार विवादमा पर्‍यो : मन्त्री यादव

सोमबार दिउँसो मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले सचिवहरुले आफूलाई गुमराहमा राख्द गलत निर्णय गर्न पुगेको बताएका छन् ।

'सचिवहरु माथि भरपर्दा सरकार विवादमा पर्‍यो,' उनले भने, 'मन्त्रीलाई गुमराहमा राख्न भएन । मन्त्रीसँग सबै फाइल हेर्ने समय हुँदैन ।'


उनले सचिवहरुले गुमराह राखेका कारण गलत निर्णय लिन पुगेको बताउँदै त्यसको जिम्मेवारी आफूले लिने बताए । उनले त्यसका लागि माफी समेत मागेका थिए ।


'हामीसँग केन्द्रमा एउटा मात्रै ल्याब रहेछ । त्यसले दिएको रिपोर्ट पनि भरपर्दो रहेनछ । सचिवहरुलाई यो कुरा थाह थियो,' उनले भने, 'थाह भएको कुरा त मन्त्रीलाई बताउनु पर्‍यो नि ।'


उनले प्रधानमन्त्री कार्यालयका सचिव, वाणिज्य सचिव तथा कृषि सचिवको गल्ती गरेको बताएका थिए ।


यस्तै पत्रकार सम्मेलनमा सहभागी उद्योग सचिव यमकुमारी खतिवडाले पनि सचिवहरुले गल्ती गरेको स्वीकार्दै यसमा सबैभन्दा धेरै जिम्मेवारी कृषि सचिवको रहेको बताएकी थिइन् । आफ्नो मन्त्रालयका वाणिज्य सचिवको बचाउ गर्दै उनले दोषको भारी कृषि र प्रधानमन्त्री कार्यालयका सचिवहरुको काँधमा हालेकी थिइन् ।


प्रकाशित : असार २३, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?