कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खोला र नदीले बगाएर ३ बेपत्ता 

काठमाडौँ — नुवाकोट र लमजुङमा खोला-नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । नुवाकोटको तादी गाउँपालिका २ घट्टेखोला तर्ने क्रममा १७ वर्षीय विनोद लामा तामाङ र १७ वर्षीय देवकृष्ण तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी राजेश थापाले बताए ।

उनीहरु सातबिसे बजारबाट सामान किनेर घर फर्कंदै थिए । बेपत्ताको खोजी गर्न जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय खरानीटार र सशस्त्र प्रहरी बलको टोली खटिएका छन् ।


यस्तै लमजुङको सुन्दरबजार नगरपालिका ९, भोटेओडार बेलघारी पुलको छेउ बस्दै आएकी ७ बर्षीया बालिकालाई मर्स्याङदी नदीले बगाएको छ । पारिपट्टी दोर्दी गाउँपालिका १ बेलघारीकै रत्न प्राथामिक विद्यालयमा कक्षा ३ मा पढ्ने ऋतु गुरुङलाई शुक्रबार मर्स्याङ्दी नदीले बगाएको हो । बेलघारीको बालुवा चाल्दै गरेका आफ्नी आमालाई खाजा दिएर फर्कने क्रममा बिहान साँढे १० बजेतिर मर्स्याङ्दी नदीले उनलाई बगाएको प्रहरीले बताएको छ ।


प्रहरीले बालिका खोजी जारी राखेको बताएको छ ।

प्रकाशित : असार २०, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?