कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पूर्वमन्त्री धमलासहित नेकपा प्रवेश

रासस

काठमाडौँ — पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । 

पूर्वमन्त्री धमलासहित नेकपा प्रवेश

नेकपा कार्यालय धुम्रबाराहीमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फूलमाला लगाएर पार्टी प्रवेश गराएका हुन् । नयाँ शक्ति पार्टीबाट प्रवेश गर्नुभएका तीनै जना नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल एकीकरण भएपछि उक्त पार्टीमा आवद्ध थिए ।


पार्टी प्रवेशलगत्तै धमला, पराजुली र पौडेलले देशको अहिले आशा र भरोसाको केन्द्र नेकपा नै भएकाले यही पार्टी प्रवेश गरेको बताए ।

प्रकाशित : असार २०, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?